अन्तर्राष्ट्रिय महिला दिवसमा जिल्ला बचत संघको गोष्ठि सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवसमा जिल्ला बचत संघको गोष्ठि सम्पन्न :: Sahakari Akhabar

ललितपुर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघले गोष्ठि सम्पन्न गरेको छ । संघले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘सहकारीमा महिला सशक्तिकरण’ विषयक कार्यक्रम गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष रामहरि बजगाईले संघमा आवद्ध महिलाद्धारा सञ्चालित सहकारी संस्थाहरुलाई संघको पञ्चवर्षिय योजना मार्फत विशेष कार्यक्रम तय गरिएकोले सोको लाभ लिन आग्रह गरे ।

उनले महिलाद्धारा सञ्चालित संस्थाहरुले सदस्यहरुको जीवनस्तर उकास्न विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । संस्थामा आवद्ध सदस्य तथा संचालक तथा कर्मचारीको वृति विकासको तालिम संघले निःशुल्क उपलब्ध गराउने बताए ।

सहकारी विभागका उप रजिष्ट्रार सुरेन्द्रराज पौडेलले महिला संस्थाको एकीकरण र सुरक्षित लगानी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले महिला सहकारी संस्थाहरु एकीकरणका कानुनी व्यवस्थाबारे बताए । संस्थाहरुले ऋण लगानी र असुलीका प्रकृयाहरु र त्यस सम्बन्धी कानुनी व्यवस्थाका विषयमा प्रष्ट पारेका थिए ।

लाईफ कोच र प्रेरक उषा मल्ल सिंहले सहकारीमा महिला सशक्तिकरणका विषयमा प्रस्तुति गरेकी थिईन । महिलाहरुको सशक्तिकरणको लागि विभिन्न उपायहरु सहितको प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष, रोहिणी जोशी तथा निवर्तमान अध्यक्ष रामशरण घिमिरे बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, जिल्ला संघकी संचालक अम्बिका कुमारी थापालगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा संघमा आवद्ध संस्थाहरुबाट २०० जनाको सहभागिता रहेको थियो ।



Leave a comment