पर्वत २३ फागुन । जलजला गाउँपालिका ३ मा रहेको मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ३ दिने सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले संस्थाले सचेतना कार्यक्रम संचालन गरेको हो ।
सहकारीलाई थप प्रभावकारी, सक्षम र गतिशिल बनाउनका लागि सहकारीका सदस्यहरुको सक्रिय सहभागिताकालागि तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए । शनिवारदेखि शुरु भएको तालिममा पहिलो दिन सहकारीका सञ्चालक र कर्मचारीहरुका लागि सहकारी लेखा व्यवस्थापन सम्बन्धी जानकारी गराइएको थियो ।
त्यसैगरी तालिमको दोस्रो दिन पुरुष शेयर सदस्यहरुका लागि सहकारी सचेतना र तेस्रो दिन महिला शेयर सदस्यहरुको सहभागितामा तालिम सञ्चालन गरिको अध्यक्ष अधिकारीले जानकारी दिए । तालिको राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
कार्यक्रम, संस्थाका उपाध्यक्ष शिवबहादुर जिसीको स्वागत र सचिव रघुनाथ आचार्यले सञ्चालन गरेका थिए । संस्थामा साढे ३ सय जना शेयर सदस्य, ३ करोड ३० लाख शेयर रकम, वचत ११ करोड ५० लाख र ११ करोड ६२ लाख कर्जा लगानी रहेको जनाइएको छ । साथै संस्थाले १ करोड लगानीमा उपभोक्ता भण्डार सञ्चालन गर्न लागेको संस्थाका प्रवन्धक प्रेम बहादुर भण्डारीले जानकारी दिए ।
Leave a comment