कावासोती । राष्ट्रिय सहकारी बैंक कावासोती शाखाको आयोजनामा २ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्धेश्यका साथ तालिम सञ्चालन गरिएको थियो ।
सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताए ।
बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीको नियमित कामलाई प्रभावकारी बनाउनुका साथै सहकारी क्षेत्रको साख वृद्धि गर्नका लागि कर्जा तथा जोखिम व्यवस्थापनमा ध्यान दिनु पर्नेमा जोड दिए ।
तालिमका सहजकर्ता तथा बैंकका तालिम विभागका अधिकृत नारायण वेलवासेले तालिमको प्रभावकारीताका हुन सके सहकारीमा जोखिम कम हुने बताए ।
राष्ट्रिय सहकारी बैंक कावासोती शाखा व्यवस्थापन उपसमितिका संयोजक तिलक पराजुलीको अध्यक्षता र शाखा प्रमुख रुक्मत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा नवलपुरमा सञ्चालित विभिन्न सहकारी संस्थाका कर्जासंग सम्बन्धित कर्मचारी र सञ्चालक ४० जनाको सहभागिता थियो ।
Leave a comment