कर्णाली साकोसद्धारा सदस्यलाई चार लाख उपचार खर्च 

कर्णाली साकोसद्धारा सदस्यलाई चार लाख उपचार खर्च  :: Sahakari Akhabar

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्य परिवारलाई चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ । संस्थाले सदस्य विशेष उपचार कोषमा आवद्ध सदस्यलाई राहत प्रदान गरेको हो ।

संस्थाको लघुवित्त सेवा केन्द्र १९ का सदस्य सुजनकुमारी राना मगरका श्रीमान सूर्यबहादुर राना मगरलाई मृगौलाको उपचारका लागि उक्त रकम प्रदान गरेको हो । भद्रपुर सेवा केन्द्रद्वारा आयोजित सदस्य अनुशिक्षण कार्यक्रमका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका वडा ३ का अध्यक्ष कमला थुलुङले राना मगरलाई उपचार राहत प्रदान गरेकी हुन् ।

भद्रपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक हेमराज खतिवडाको अध्यक्षतामा आयोजित सदस्य अनुशिक्षण कार्यक्रमको सहजीकरण संस्थाका सचिव भूपाल गौतमले गरेका थिए ।



Leave a comment