काठेखोला गाउँपालिकाको सहकारी प्रवद्र्धन तालिम सम्पन्न      

काठेखोला गाउँपालिकाको सहकारी प्रवद्र्धन तालिम सम्पन्न       :: Sahakari Akhabar

बागलुङ १९ फागुन । काठेखोला गाउँपालिकाले आयोजना गरेको ४ दिने सहकारी तथा कोपोमिस सम्बन्धी सचेतना तालिम बुधवारदेखि सम्पन्न भएको छ ।

पालिका भित्र रहेका सहकारीहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्धेश्यले तालिमको आयोजना गरिएको बताइएको थियो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. २ का अध्यक्ष विद्यापती शर्मा र गाउँ कार्यपालिका सदस्य टिका संगम विकले सहकारी ऐनको मर्म र भावना अनुसार  पालिकाले सहकारीको प्रवद्र्धनमा ध्यान दिने बताए ।

तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसी, काठेखोला गाउँपालिकाका सूचना अधिकृत विजय गौतम, पालिकाका सहकारी शाखा प्रमुख उत्तम पौडेल लगायतले सहजीकरण गरेका थिए ।



Leave a comment