भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारीले इटेलर सेवा सुरु गरेको छ । संस्थाले सदस्यहरुलाई सदस्यहरुलाई प्रबिधियुक्त सेवाहरु बिस्तार गर्ने उद्धेश्यले शुभकामना ई–टेलर सेवा सुरु गरेको हो ।
संस्थाको अर्ध बार्षिक समिक्षा गोष्ठीको अवसरमा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले शनिबार उक्त सेवाको शुभारम्भ गरेका हुन् । स्मार्ट बैकिङ्ग सेवामा ई–टेलर सेवा थप गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्येश्याम दुवालले बताए ।
उनले ‘उक्त सेवा प्रयोग गर्न सदस्यलाई निशुल्क शुभकामना स्मार्ट बैकिङ्ग सेवा उपलब्ध गराउदै आएको जानकारी दिए । उनले भने शुभकामना ई–टेलर अत्यन्तै सजिलो, छिटो र सुरक्षित रहनुका साथै यसले चेक काट्ने झन्झटलाई अन्त्य गरिदिएको छ ।’
अर्धबार्षिक समिक्षामा ८ हजार २०० सदस्य १ अर्ब २० करोड कारोवार रहेको संस्थाका सचिव पुष्पलाल तिमिलाले जानकारी दिए । संस्थाका कोषाध्यक्ष बलराम जु श्रेष्ठले आर्थिक बिवरण प्रस्तुतगरेका थिए । २०५७ सालमा स्थापना भएको संस्थाले एक्सेस ब्राण्ड अन्तर्गत सिल्भर ब्राण्ड प्राप्त संस्था हो ।
Leave a comment