काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले सहकारी विकास र प्रवद्र्धनकालागि ११ वटा नगर उप–समिति गठन गरेको छ । संघले गठन गरेका ११ उपसमितिमा १२१ जना सदस्य रहेका छन्, प्रत्येक समितिमा ११ जना सदस्य रहेका छन् ।
संघले गठन गरेको समितिका १२१ जना सदस्यले सहकारी विकास र प्रवर्धनकालागि कटीबद्ध भएर लागि पर्ने सपथ पनि खाएका छन् । संघले फागुन १० गते कार्यक्रमको आयोजना गरेर ११ वटा नगर उपसमिति गठन गरेको र अव वडास्तरिय उपसमिति समेत गठन गर्ने जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए ।
उनले भने ‘संघले १४२ वटा वडास्तरसम्मको उपसमिति गठन गरीसकेपछि उपसमितिले सहजीकरण गरी सहकारीको बास्तबीक तथ्याङ्क ल्याउन सहयोग गर्ने छ ।’ गठन भएका उपसमितिहरुले सहकारीमा भउका समस्या पहिचान गर्ने, राज्यसंग सहकारी विकासकाकालागि पहल गर्ने अध्यक्ष तामाङले बताए ।
जिल्ला संघले गत पुसमा सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट विनियम संशोधन गरेर जिल्ला भित्रका सबै नगरपालिकामा नगर उप–समिति गठन गर्ने निर्णय गरेको अध्यक्ष तामाङले बताए । कार्यक्रम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले नगर उप–समितिका पदाधिकारीहरुलाई सम्बन्धित नगरपालिका भित्रका सहकारी संस्थाको समस्या पहिचान गर्ने काममा सहजीकरण गर्न आग्रह गरे ।
Leave a comment