दोलखा । भीमेश्वर नगरपालिका–६ चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सबै सदस्यहरुको दुर्घटना बिमा गराउने भएको छ । संस्थामा आवद्ध २१ हजार ८ सय ५३ जना सदस्यको दुर्घटना बिमा संस्थाले गरिदिन लागेको हो । बिमाको लागि संस्थाले प्रभु इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ ।
सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा, स्थायी पुर्ण अशक्तता भएमा, हुलदंगा तथा आतंकबादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार पाउने गरी दुर्घटना बिमा गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए । बिमा वापत सदस्यले कुनै पनि रकम बुझाउनु नपर्ने न्यौपानेले बताए । ‘सबै सदस्यको बिमा गराउँदा लाग्ने खर्च संस्थाले नै तिरिदिने छ’, उनले भने । बीमा सम्झौतामा पत्रमा मिलिजुली कालिञ्चोकका अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्सका चरिकोट शाखाका प्रमुख मानबहादुर बटालाले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक तथा कर्मचारीहरुको उपस्थीती रहेको थियो । जिल्ला भर कार्यक्षेत्र रहेको संस्थाको कुल वासलत १ अर्ब २२ बरोड १० लाख ८२ हजार ७ सय ७ रुपैयाँ रहेको छ । संस्थाले ८५ करोड ८२ लाख १२ हजार ७ सय ८६ रुपैयाँ बचत संकलन गरी ९६ करोड ६६ लाख ६८ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी गरेको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया