मिलिजुली कालिञ्चोक साकोसको बित्तीय साक्षरता तालीम सुरु 

मिलिजुली कालिञ्चोक साकोसको बित्तीय साक्षरता तालीम सुरु  :: Sahakari Akhabar

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको लागि बित्तीय साक्षरता तालीम दिएको छ । संस्थाले सुरुवात गरेको पहिलो चरणको तालिममा २० जनाको सहभागिता रहेको थियो ।

शेयर सदस्य तथा बाल बचतकर्ताको बित्तीय ब्यवस्थापनमा परिवर्तन ल्याउन सचेतना आवश्यक पर्ने भएकोले बित्तीय साक्षरता तालीमको सुरुवात गरेको संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठले बताए ।

संस्थाका शिक्षा उपसमिति संयोजक नारायण प्रसाद सापकोटाले तालीमले सहभागि शेयर सदस्य तथा बाल बचतकर्ताको सोचाईमा परिवर्तन ल्याउने बताउँछन् ।

त्यसैगरी तालिममा सदस्यलाई बित्तीय लक्ष्य र पारीवारीक बजेट निर्माण गर्न सिकाईने, बजेट अनुसार आम्दानी, खर्च र पैसा ब्यवस्थापन गर्न सिकाउनुका साथै बचत बृद्धि गर्ने उपाय र क्षमता अनुसार ऋण प्रयोग गर्न सिकाईने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले बताए ।

संस्थाले २० जना शेयर सदस्यहरु बाट सुरु गरेको तालीम आगामी दिनमा सवै सदस्यकालागि संचालन गरिने बताइएको छ । संस्थाका सहायक ब्यवस्थापक रमेश सापकोटाले तालीमको सहजीकरण गरेका थिए । 



Leave a comment