एनएमसीद्धारा कर्मचारीस्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

एनएमसीद्धारा कर्मचारीस्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कर्मचारीस्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको वित्तीय साक्षरता उपसिमितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

हाजिरीजवाफ प्रतियोगिता संस्थाको शिवसताक्षी क्षेत्रले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र पाएको हो । त्यसैगरी प्रधान कार्यालय कर्पोरेट दोश्रो ले ८ हजार र कनकाई क्षेत्र तेश्रोले ६ हजार नगद तथा प्रमाणपत्र पाएका छन् ।

शनिश्चरेस्थित संस्थाको भवनमा सम्पन्न प्रतियोगितामा ६ वटा क्षेत्रीय कार्यालय र प्रधान कार्यालय कर्पोरेट गरी ७ वटा टिमको सहभागिता थियो । हाजिरीजवाफ प्रतियोगिता संस्थाका वित्तीय साक्षरता उपसमिति संयोजक गोपालप्रसाद प्याकुरेलको अध्यक्षतामा भएको थियो ।



Leave a comment