पोखरा : राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्ने गण्डकी प्रदेशका ११ वटा सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । बैंकमा कारोबार गरी बचत तथा ऋण बाहेकका संस्था मध्ये राष्ट्रिय स्तरमा उत्कष्ट हुने सहकारी पुरस्कृत भएका हुन् ।
पुरस्कृत हुने सहकारीमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था कास्की, प्रदेश स्तरमा उत्कृष्ट बचत तथा ऋण तर्फको परोपकार वचत तथा ऋण सहकारी संस्था देवचुली नवलपुर र बचत तथा ऋण बाहेकको काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्था कास्की छन् ।
यस्तै शाखा स्तरमा नियमित र उत्कृष्ट कारोबार गर्ने ८ वटा संस्थाहरुलाई पनि पुरस्कृत गरिएको थियो । शाखा स्तरमा पोखरा शाखा अन्तरगत अलकापुर वचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट र लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी संस्थालाई नियिमत कारोबार तर्फ, बागलुङ शाखामा कारोबार गर्ने बागलुङ बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट र बागलुङ दुग्ध उत्पादक सहकारी संघलाई नियमिततर्फ पुरस्कृत गरिएको थियो ।
यसैगरी दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने तिनखोले बचत तथा ऋण सहकारी संस्था र नियमिततर्फ मादीसेती बचत तथा ऋण सहकारी संस्था, कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने किसान वचत तथा ऋण सहकारी संस्था र नियमिततर्फ महाराजा वचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरिएको बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिए ।
Leave a comment