झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सदस्यको मृत्युमा परिवारजनलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताकोे परिवारलाई ५० हजार तथा सदस्य रंगलाल भण्डारीको परिवारलाई ७५ हजार रुपैयाँ राहत प्रदान गरेको हो ।
सदस्य गीतादेवी गुप्ताकोे माघ २२ गते ५७ वर्षको उमेरमा निधन भएको थियो भने रंगलाल भण्डारीको गत माघ २२ गते ७५ वर्षको उमेरमा निधन भएको थियो । संस्थाको सदस्य राहत नीतिमा कुनै सदस्यको शेयर रकम १० हजार रुपैयाँभन्दा बढी भए श्रीमान वा श्रीमतीको मृत्युमा ७५ हजारसम्म राहत दिने संस्थाले जनाएको छ ।
Leave a comment