हाइलाइट

एनएमसीद्धारा सदस्यलाई राहत प्रदान

एनएमसीद्धारा सदस्यलाई राहत प्रदान :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सदस्यको मृत्युमा परिवारजनलाई राहत प्रदान गरेको छ । संस्थाले सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताकोे परिवारलाई ५० हजार तथा सदस्य रंगलाल भण्डारीको परिवारलाई ७५ हजार रुपैयाँ राहत प्रदान गरेको हो ।

सदस्य गीतादेवी गुप्ताकोे माघ २२ गते ५७ वर्षको उमेरमा निधन भएको थियो भने रंगलाल भण्डारीको गत माघ २२ गते ७५ वर्षको उमेरमा निधन भएको थियो । संस्थाको सदस्य राहत नीतिमा कुनै सदस्यको शेयर रकम १० हजार रुपैयाँभन्दा बढी भए श्रीमान वा श्रीमतीको मृत्युमा ७५ हजारसम्म राहत दिने संस्थाले जनाएको छ ।
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000