ललितपुर वचत संघद्धारा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम

ललितपुर वचत संघद्धारा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम :: Sahakari Akhabar

ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले दुई दिने ‘‘बजार प्रतिनिधि क्षमता अभिवृद्धि’’ तालिम सम्पन्न गरेको छ । २५ दोखि २७ गते सम्म संचालन भएको तालिममा विभिन्न विषयगत सहकारीहरुबाट ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

सहकारी संघ संस्थाहरुको बजार व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन तालिम लक्षित रहको संघका व्यवस्थापक सन्तोष बजगाईले बताए । बजार व्यवस्थापनमा देखिएका समस्याहरु समाधान  गर्ने उदेश्य अनुरुप सञ्चालन गरिएको तालिममा सदस्य सम्बन्ध व्यवस्थापन, सदस्य सम्वन्ध व्यवस्थापनको आवश्यकता सहकारी संस्थाहरुमा विधमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरु विषयहरु समावेश गरिउको थियो ।

\संघका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा तालिम उपसमिति संयोजक करुणारत्न बज्राचार्य रहेका थिए । संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा समस्या आउन नदिन बजार व्यवस्थापनमा उचित ध्यान पु¥याउन सबै सहभागिहरुलाई सुझाव दिए । संघका सचिव श्यामकृष्ण महर्जनले सहकारीहरुको बजार व्यवस्थापनमा बजार प्रतिनिधिहरुको महत्वलाई सबैले अंगीकार गर्दै बजार विश्लेषण गरी शेयर सदस्यहरुसंग मात्र कारोबार गर्न सबैलाई आग्रह गरे । तालिम प्रशिक्षक तेज प्रसाद बजगाईले सहजीकरण गरेका थिए । 



Leave a comment