झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा (एनएमसी)ले सदस्यको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ । बिर्तामोड कार्यालय अन्तरगत इकाई नं १ का सदस्य गोरे प्रधानको माघ २० गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई संस्थाले समवेदना सहित ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।
बिर्तामोड कार्यालयगत उपसमितिका सदस्य गोपाल काफ्ले र पदमप्रसाद सुवेदी सदस्य प्रधान निवास गएर राहत प्रदान गरेको हो । प्रधान परिवारमा समवेदना र राहत रकम प्रदान गर्दै सञ्चालक सदस्य बस्नेतले जीवनका सबै आरोह अवरोहमा एनएमसी सदस्यको साथमा रहनेगरेको सुनाए ।
उनले सहकारीमा सदस्यको योगदानको आधारमा राहत सुविधा प्रदान गर्ने गरेको बताए । मिर्गौला रोग लागेर थलिएका स्वर्गीय प्रधानको उपचारका लागि यसअघि एनएमसीले २५ हजार रुपैयाँ प्रदान गरेको बिर्तामोड कार्यालयका अपरेशन इन्चार्ज राकेश हरिजनले बताए ।
Leave a comment