जनसचेतन साकासको गाउँ गाउँमा सहकारी शिक्षा 

जनसचेतन साकासको गाउँ गाउँमा सहकारी शिक्षा  :: Sahakari Akhabar

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी शिक्षाको अभियान सुरुगरेको छ । संस्थाले सहकारी शिक्षा र तालिमलाई गाउँ गाउँमा पुर्याउन अभियान थालेको हो । संस्थाले मेलुङ गाउँपालिका ३, सेवा केन्द्र विस्तारको क्रममा घयाङसुकाटोकरमा सहकारी शिक्षा तालिम सम्पन्न गरेको हो ।

सहकारी शिक्षाको साथै संस्थाले सम्भाव्यता अध्यन पनि गरेको संस्थाका अध्यक्ष हेमन्त चौलागाईले बताए । संस्थाले समुदायको राय सल्लाह र माग अनुसार नै सेवा केन्द्र विस्तार गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बताए । सहकारी शिक्षा तालिममा ६० जानाको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष भीम दहालले प्रशिक्षण दिएका थिए । सहकारी शिक्षाको महत्व र बचत गर्दाको फाईदाको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्था अध्यक्ष हेमन्त चौलागाई, उपाध्यक्ष स्वास्थानी कुँवर र संस्थाका सह सचिव शिवराम ढकालको सहभागिता थियो । प्रमुख कार्यकारी अधिकृत दहालका अनुसार हाल संस्थाले १४ वटा सेवा केन्द्रबाट ३२ हजार शेयर सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । जनसचेतन साकोसको कुल वासलत १ अर्ब ७६ करोड रहेको छ ।



Leave a comment