बुडोल सामुदायिक साकोसको २२औं वार्षिकोत्सव सम्पन्न

बुडोल सामुदायिक साकोसको २२औं वार्षिकोत्सव सम्पन्न :: Sahakari Akhabar

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारीको २२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा सम्पन्न कार्यक्रम बनेपा ६, बुडोलस्थित चेतना केन्द्रमा भएको हो ।

संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राखेका थिए  भने संस्थाका प्रमुख सल्लाहकार रामहरि केसीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा आर्थिक वर्ष ०७६/०७७ मा उत्कृष्ट हुन सफल संस्थाका कर्मचारी, उत्कृष्ट बाल बचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरीदकर्ता सदस्यहरु, रक्तदाताहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा आर्थिक वर्ष ०७६/०७७ मा संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने २० जना सदस्यहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाले २६ औँ रक्तदान कार्यक्रम समेत गरेको थियो ।



Leave a comment