सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ गठन

सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ गठन :: Sahakari Akhabar

धनगढी । सुदूरपश्चिम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ स्थापना हुने भएको छ । संघको प्रारम्भिक भेला सम्पन्न भएको छ । भेलाले नवजीवन सहकारी संस्थाका उपाध्यक्ष डा.गोविन्दराज जोशीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ । प्रदेशका ५० वटा सहकारी संस्थाको संघमा सहभागिता रहेको छ ।

सहकारी पसलहरुलाई थोक मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने उद्देश्यले थोक उपभोक्ता सहकारी संघको स्थापना गरिएको अध्यक्ष जोशीले जानकारी दिए । संघले उत्पादक र उपभोक्तालाई गुणस्तरीय सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने उनको भनाई छ । तदर्थ समितिको उपाध्यक्षमा उदयदेव सहकारी संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्द, महा–सचिवमा सङ्गम सहकारी संस्थाका सचिव मनमोहन विष्ट, सचिवमा प्रेम सिंह भाट, कोषाध्यक्षमा शान्ति सिंह शाही रहेका छन् ।

त्यसैगरी सदस्यमा क्रमशः डम्बर बहादुर शाह, शिवराज बिसी, सुरेन्द्र केसी, कलावती स्वार, प्रयागराज जोशी, ठक्कर खडायत, खडक विष्ट, पुष्पराज भट्ट, जगतराम चौधरी, दान बहादुर रावल रहेका छन् ।



Leave a comment