काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ संचालक समिति गठन भएको छ । बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।
संचालक समितिमा नेपाल बहुउद्धेश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी अध्यक्ष रहेका छन् भने झापाबाट दुर्गाप्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्र प्रसाद जयसवाल र विनोद कुमार दत्त संचालक रहेका छन् ।
त्यसैगरी भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुवराज पौडेल, स्याङ्जाबाट केशवप्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल सदस्यमा चयन भएका छन् ।
त्यसैगरी काठमाडौंबाट शम्भु प्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्पबहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा.ज्ञानेन्द्रप्रसाद पौडेल र दिलिप पौडेल सदस्य रहेका छन् । यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, शरदकुमार महर्जन, शशि खड्का र विनोद ढंगोल संचालकमा रहेका छन् ।
भेलाले काठमाडौंका कृष्ण मगरको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गरेको छ । समितिमा गोरखाका निधिप्रसाद तिमल्सिना र ललितपुरका किशोर महर्जन सदस्य रहेका छन् ।
Leave a comment