हेटौंडा । बागमती प्रदेश सरकारको नियमनमा रहेका सहकारी संघ संस्थाले मसान्तभित्र वार्षिक विवरण पेश गरीसक्नु पर्ने छ । बार्षिक प्रतिवेदन बुझाउन बाँकी सहकारीहरुले अव एक साता भित्र प्रतिवेदन पेश गरिसक्नुपर्ने छ । माघ मसान्त भित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सूचना जारी गरेको थियो । आफ्नो क्षेत्राधिकारमा रहेका सहकारी संघसंस्थालाई हरेक आर्थिक वर्षको माघ मसान्त सम्ममा वार्षिक विवरण पेश गर्न सूचना जारी गरेको हो ।
मन्त्रालयले नियमितरुपमा साधारण सभाको विवरण पेश नगर्ने सहकारी संघरसंस्थालाई प्रत्येक आर्थिक वर्षको ३ हजार रुपैयाँ जरिवाना गर्ने, साथै नियमित लेखा परीक्षण नगर्ने, कर चुक्ताको प्रमाण पत्र नलिने र साधारण सभा नगर्ने सहकारी संघ संस्थाहरुलाई ३ हजार रुपैयाँ देखि ५ हजार रुपैयाँ सम्म जरिवना गर्ने जनाएको छ । प्रदेश मन्त्रालयले जारी गरेका ऐन कानुनको पालना नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने मन्त्रालयले जनाएको छ । लगातार ३ आर्थिक वर्ष सम्म आफ्नो विवरण पेश नगर्ने सहकारी संघसंस्थाको दर्ता समेत खारेजी गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।
Leave a comment