कर्णाली साकोसद्धारा सदस्यको १० लाख बढी ऋण मिनाहा

कर्णाली साकोसद्धारा सदस्यको १० लाख बढी ऋण मिनाहा :: Sahakari Akhabar

झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यले लिएको ऋण मिनाह गरेको छ । संस्थाले सदस्य समाउल हकले लिएको २० लाख ऋणबाट तिर्न बाँकी मध्ये १० लाख ६२ हजार १७४ रुपैयाँ ऋण मिनाह गरेको संस्थाका अध्यक्ष टसबहादुर प्रधानले जानकारी दिए ।

सदस्य हकको निधन भएकोले उनको परिवारलाई कर्जा मिनाहा गर्ने निणर्य गरेको उनले बताए । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहाको प्रमुख आतिथ्यमा कामाटोलीमा आयोजित सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रममा कर्जा मिनाहाको जानकारी सदस्य हकको परिवारलाई  गराइएको थियो ।

संस्थाले हकको काजकिरिया खर्चवापत ६ हजार रुपैयाँ समेत प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष साहाले सहकारीको उद्देश्य पैसाको कारोबार गरेर नाफा कमाउने मात्र नभई सदस्य र समुदायको हितमा काम गर्नु रहेको बताए । कार्यक्रममा संस्थाका सचिव भूपाल बस्नेतले सदस्यले संस्थाद्वारा सञ्चालित विशेष उपचार कोषको सदस्य बनेर पाउने सुविधाका बारेमा जानकारी दिए । उनले उक्त कोषको सदस्य बन्न पाँच हजार रुपैयाँ तिर्नुपर्ने बताए । त्यसैगरी उपचार कोषमा आवद्ध शेयर सदस्य आफू बिरामी भई उपचार गर्नुपरेमा १० लाख रुपैयाँसम्म सुविधा पाउने बताए । 
 



Leave a comment