विन्धवासिनी साकोसको समीक्षा गोष्ठी सम्पन्न

विन्धवासिनी साकोसको समीक्षा गोष्ठी सम्पन्न :: Sahakari Akhabar

काभ्रे । विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा २०७७ श्रावण महिनामा भएको बार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरुका बारेमा छलफल भएको छ । साथै संस्थाले कार्यान्वयनको अवस्था, अर्धबार्षिक प्रगतिको समीक्षा तथा सबल पक्ष, सुधार गर्नुपर्ने कुराहरु र चालू आर्थिक वर्ष २०७७र७८ को निर्धारित लक्ष्य र रणनीतिहरुको बारेमा विस्तृत छलफल गरेको छ । 

कार्यक्रममा संस्थाको कर्पोरेट कार्यालय लगायत ७ वटा सेवा कार्यालयको क्षेत्रगत प्रगति प्रतिवेदन एवं रणनीति तथा कर्पोरेट कार्यालयका विभागीय व्यवस्थापकहरुले विभागीय प्रगति एवं रणनीति प्रमुख व्यवस्थापक केबी लामाले समष्टिगत प्रगति एवं लक्ष्य प्रस्तुत गरेका थिए ।

ऋण उपसमितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक भिम वहादुर के.सी, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक सुन्दर श्रेष्ठले प्रस्तुत गरेका थिए ।, लघुवित्त उपसमितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक पुनम घिमिरेले प्रस्तुत गरेका थिए । लक्ष्य हासिल गर्ने रणनीति र कार्यक्रम सञ्चालनका लागि थप निर्देशन संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले  गरेका थिए ।

पुष मसान्तसम्म संस्थामा शेयर सदस्य ३९ हजार २ सय ६८, बचत संकलन २ अर्ब ५३ करोड ८३ लाख, ऋण लगानी २ अर्ब ५६ करोड ६३ लाख गरी कुल सम्पत्ति ३ अर्ब ४१ करोड ८६ लाख पुगेको संस्थाका प्रमुख व्यवस्थापक के.बि लामाले जानकारी दिए । 
 



Leave a comment