मकवानपुर । थाहा जिल्ला बचत तथा ऋण सहकारी संघले शुक्रबार मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरका सहकारीको अनुगमन गरेको छ । संघले नगरपालिकाका १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन तथा परामर्श कार्यक्रम गरेको थियो ।
अनुगमनको क्रममा साकोसको समस्या, चुनौती, अवलम्बन गर्नुपर्ने ऐन नियम, व्यवहारिकतालाई कानुन सम्बत कार्यान्वयन लगायतका विषयमा संस्थाको नीति, निर्णय, वार्षिक मासिक प्रतिवेदन, खाता, सफ्टवेयर, परिक्षण विषयमा छलफल गरिएको संघका अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन् । उनले थाहानगरमा रहेका पाथीभरा, प्यासिफिक, गौतम, कुटेश्वरी महिला, हिमशिखर, शिखर, पुण्यश्री, कुन्छाल, महिला शक्ति, मेत्राङ, सुखी भविष्य र सहयोगी साकोस को अनुगमन गरेको जनाइन् ।
संघले नगरका उपमेयर खड्ग गोपालीसंग सहकारीमा देखिएका समस्या र चुनौतीका र अवसरबारे जानकारी छलफल पनि गरेको थियो । उपमेयर गोपालीले सहकारीमा समस्या देखिएमा उचित सुझाव दिन र नगरपालिकामा जानकारी समेत गराउन आग्रह गरेका थिए ।
Leave a comment