काठमाडौं । शालीनदी दर्श गर्न आउने भक्तजनहरुलाई नेचुरल साकोसद्धारा डिजिटल सेवा प्रदान गर्ने भएको छ । संस्थाले दर्शनकालागि आउने भक्तजनहरुले डिजिटल माध्यामबाट सहयोग गर्न सकिने ब्यवस्था संस्थाले गरेको हो ।
श्रीस्वस्थानी व्रतको पूजा आराधनामा शालीनदी आउने दर्शनालु हरुकालागि शालीनदी विकास समितिले यस वर्ष डिजिटल माध्यमबाट सहयोग गर्ने व्यवस्था मिलाएको छ । समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा डिजिटल सहयोगको व्यवस्था मिलाएको हो ।
समितिले नगदभन्दा डिजिटल माध्यमबाट सहयोग गर्न अनुरोध गरेको छ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ई सेवासँग सहकार्य गरेर क्युआर कोड समितिलाई उपलब्ध गराएको हो । उक्त कोड स्क्यान गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्था र सहकारीबाट समितिमा सहयोग गर्न सकिने छ ।
नेचुरल सहकारीका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले समिति अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई एक कार्यक्रमको बीच क्युआर कोड हस्तान्तरण गरेका हुन् । संस्थाले उक्त समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।
कार्यक्रममा संस्थाका प्रशासन विभाग प्रमुख सृजना पण्डित, साँखु सेवा केन्द्र प्रमुख घनश्याम नेपाल, आईटी प्रमुख समिर बुढाथोकी लगायत ई सेवका प्रतिनिधिको उपस्थिती रहेको थियो । उक्त सेवा प्रयोग गर्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए ।
Leave a comment