काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न विधामा सम्मान गरेको छ । २७ औं स्थापना दिवसको अवसरमा सहकारीले उत्कृष्ट कारोवार गर्ने सदस्य, सहकारीलाई योगदान दिने सदस्यहरु, पूर्व सञ्चालक र कर्मचारीलाई सम्मान गरेको हो ।
कोभिड १९ को प्रभावको समयमा गुर्जो वितरण अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बनेपा सेवा केन्द्र सञ्चालन तथा ब्यवस्थापन उप समिति संयोजक मुक्ति विष्ट, सहकारी एकीकरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका नमोबुद्ध २ का वडाअध्यक्ष समेत रहेका संस्थाका सदस्य सञ्जिव ढकाल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) का प्राचार्य गणेशप्रसाद तिमल्सिनालाई सम्मान गरिएको थियो ।
उत्कृष्ट बचतकर्ता मध्ये नियमित बचततर्फ हरिसुन्दर श्रेष्ठ, कारोवार बचतमा सुदन श्रेष्ठ, विशेष बचतमा विपिन सैजु, दैनिक बचतमा नारायण थापा, खुत्रुके बचतमा सलोनी तिमल्सिना, बाल बचतमा आयुष्मा श्रेष्ठ, आवधिक बचतमा विश्वनाथ बन्जारा, संक्रान्ती बचतमा निता प्रजापती पुरस्कृत भए । उत्कृष्ट शेयर खरिदकर्ताको रुपमा प्रेम कुमारी तिमल्सिना, ऋण उत्कृष्ट कारोवार गर्ने राजु तिमल्सिना पनि गरिएको थियो । यस वर्षको उत्कृष्ट सेवा केन्द्र तर्फ कुशादेवी सेवाकेन्द्र र उत्कृष्ट कर्मचारीको रुपमा रुपमा पनौती सेवा केन्द्र प्रमुख अनिता श्रेष्ठ वादे पुरस्कृत भए ।
सदस्यका सन्तानमध्ये एस.ई.ई. मा उत्कृष्ट अंक हासिल गर्ने आशिष तिमल्सिना र प्रकाश तिमल्सिनालाई सम्मान प्रदान गरिएको थियो । संस्थापक तथा पूर्व सञ्चालक समिति सदस्यहरुलाई पनि कार्यक्रममा सम्मान गरियो । कार्यक्रममा बागमती प्रदेश सहकारी संघ, वागमती बचत तथा ऋण सहकारी संघ तथा जिल्ला सहकारी संघ काभ्रेका नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिलाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरिएको थियो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले उनीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष कँडेलले संस्था जिल्लामा मात्र नभै देश र विदेशमा समेत उत्कृष्ट रहेको उल्लेख गर्दै सहकार्य र सदस्य सेवामा स्थानिय स्तरमा नै सेवा प्रदान गर्दै उत्कृष्ट कार्य गर्न सफल भएको भन्दै प्रशंसा गरे । नेफ्स्कुन अध्यक्ष परितोष पौडेल सम्मानित हुने सवैलाई बधाई दिदै संस्थाको विकास र विस्तारको लागि शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा जंगम, पनौती नगरपािलकाका सहकारी रजिष्ट्रार इन्द्रप्रसाद अधिकारी, प्यावसन काभ्रेका अध्यक्ष एवं संस्थाका पूर्व सचिव पूर्णकुमार श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नं २ का अध्यक्ष सञ्जीव ढकाल रहेका थिए ।
त्यसैगरी संस्थाका अध्यक्ष प्रकाश बञ्जारा, उपाध्यक्ष कुमारप्रसाद लामिछाने, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिना, पूर्वअध्यक्ष दिपक थापालगायतले सामुदायिक साकोसले सहकारी अभियानमा गरेको योगदानको प्रशंसा गरेका थिए । स्थापना दिवसको अवसरमा सहकारी र नेपाल रेडक्रस सोसाइटी काभ्रेको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिए ।
Leave a comment