महाबौद्ध सहकारीको अनलाईन बिबरण सेवा सुरु

महाबौद्ध सहकारीको अनलाईन बिबरण सेवा सुरु :: Sahakari Akhabar

चितवन । नारायण्गढ स्थित महाबौद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्न सदस्यको सुबिधामा नयाँ आयाम थप गरेको छ । नेपाल राष्ट्र बैंक तथा बिभिन्न निकायले जारी गरेको निर्देशन अनुसार आफ्नो सदस्यको विवरण अपडेट गर्नका लागी गुरु  इन्फोसिस प्रा लि सँग सहकार्य गरी E-KYM सुरु गरेको छ । महाबौद्ध सहकारीका सदस्यले घरमै बसेर कुनैपनी बेला आफ्नो विवरण अपडेट गर्न सक्नेछन ।

सदस्यले आन्फो व्यक्तिगत विवरण, पारिवारिक विवरण, व्यवसायिक विवरण, तीन पुस्ते विवरण, हकवालाको विवरण,  आम्दानिको श्रोत फोटो, परिचय पत्र, आदी अप्डेट गर्न सक्ने भएकाछन । यो सेवा सुरु भए लगतै सदस्य हरु लाईन बस्न पर्ने झ्न्झ्ट्बाट मुक्त हुने संस्थाका प्रवन्धक प्रकाश पाण्डेले बताए ।

संस्थाले विगतमा मोबाईल बैंकिङ्ग , रिचार्ज र ब्यालेन्स जानकारिकालागि मिस्ड कल बैंकिङ्ग ,बजार प्रतीनिधीका निम्ती अनलाईन ट्याबलेट बैंकिङ्ग सेवा प्रयोगमा ल्याएको पैवन्धक पाण्डेले बताए । सम्भवत यो सहकारी क्षेत्रमै नेपालमै पहिले पटक प्रयोग गरिएको जानकारी गुरु इन्फोसिस प्रा लि का कार्यकारी अधिकृत सुधिर सापकोटाले जानकारी दिए ।



Leave a comment