मोरङ । लेटाङ नगरपालिकामा रहेका एउटै उद्देश्यका ५ वटा बचत तथा ऋण सहकारीहरु एकिकरण भएका छन । एकिकरणपछि संस्थाो ७० करोड बढी पूँजी तथा दायित्व पुगेको छ । पाँचवटा संस्थाको ७० करोड ४० लाख ४३ हजार ३२८ रुपैंयाको पूँजी तथा दायित्व भएको हो ।
त्यसैगरी ५ करोड ८ लाख १९ हजार ७ सय शेयर पूंजी तथा ६० करोड ५ लाख ९८ हजार ९४९ रुपैंया निक्षेप र ४९ करोड २२ लाख ४९ हजार ४०६ रुपैंया ऋण लगानी भएको छ । ३ करोड ५३ लाख १५ लाख जगेडा कोष पुगेको जनाइएको छ भने संस्थामा ७ हजार ६० जना सदस्य तथा १९३२ बाल बचतकर्ता र २२ जना कर्मचारी पुगेको एकिकरणपछिको संस्थाका सह ब्यवस्थापक टंकबहादुर मचकोटीले जानकारी दिए ।
माघ ११ गतेबाट संयुक्त कारोबार गर्ने संस्थाले जनाएकोे छ । एकिकरण हुने संस्थाहरुमा फडानी बचत तथा ऋण सहकारी, जनचाहना बचत तथा ऋण सहकारी, गोदावरी बचत तथा ऋण सहकारी, खैरेनी बचत तथा ऋण सहकारी र धोवी बचत तथा ऋण सहकारी एकिकरण भएका हुन् । संस्थाहरुले माघ १० गते सम्ममा एकीकरणका सबै कार्य सम्पन्न गर्दै कार्यदलको पौष ३ गतेको बैठकले २०७७ माघ ११ गते बिहान ९ बजे देखि ११ बजे सम्म मुख्य कार्यालयमा औपचारिक रुपमा उद्घाटन कार्यक्रम गर्ने सह ब्यवस्थापक मचकोटीले जनाए।
एकिकरण पछि संयुक्त कारोबारकालागि साविक फडानी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालयको मातहतमा फडानी सेवा केन्द्र साविकको जनचाहना बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट बुधबारे सेवा केन्द्र, साविकको गोदावरी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट गोदावरी सेवा केन्द्र, साविक खैरेनी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट खैरेनी सेवा केन्द्र, साविक फडानी बचत तथा ऋण सहकारी संस्थाको लेटाङ सेवा केन्द्रको कार्यालयलाई लेटाङ सेवा केन्द्र र साविक जनचाहना बचत तथा ऋण सहकारी संस्थाको भलुवा सेवा केन्द्रलाई भलुवा सेवा सेवा केन्द्रबाट एकीकृत कारोबार संचालन गर्ने जनाएको छ ।
फडानी बचत तथा ऋण सहकारी संस्थाका हेरम्बराज भट्टराईको अध्यक्षतामा १५ सदस्यीय तदर्थ संचालक समिति र फडानी साकोसकै राजेन्द्र खतिवडा संयोजक रहेको ३ सदस्यीय लेखा समिति गठन भएको छ ।
Leave a comment