जिल्ला सहकारी संघको संचालकमा आधा निर्वाचित, आधा एक सातापछि 

जिल्ला सहकारी संघको संचालकमा आधा निर्वाचित, आधा एक सातापछि  :: Sahakari Akhabar

झापा । जिल्ला सहकारी संघ झापामा आगामी कार्यकालकालागि आधा समिति निर्वाचित भएका छन भने आधाको टुङ्गो लागेको छैन । संघले पुष २९ गते २४औं बार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।

सम्पन्न साधारण सभाबाट नयाँ संचालक समिति चयन गर्नुपर्ने भएपनि उमेदवारका दावेदारको संख्या बढी भएकोले संघको निर्वाचन कार्यक्रम पछि सरेको हो । संघमा १९ सदस्यीय सञ्चालक र तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिकालागि केही पद सर्वसम्मत भएको छ भने केही पदकालागि निर्वाचन गर्नुपर्ने भएको छ । अधिवक्ता देवराज भण्डारीको संयोजकत्वमा खोमप्रसाद बगाले र सन्तोष आचार्य सदस्य रहेको निर्वाचन समिति संघको निर्वाचन गराउदै छन् ।

आगामी माघ १७ गते सम्पन्न हुने निर्वाचन अगावै सर्वसम्मत चयन हुनेहरुमा अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, सहसचिव कृष्णप्रसाद मिश्र, लेखा समिति संयोजक चूडामणि ओझा र क्षेत्र १ का लागि देवीमाया अधिकारी क्षेत्र ३ का लागि नवराज भट्टराई र क्षेत्र ५ का लागि नारायणप्रसाद भट्टराई निर्विरोध चयन भएका छन् ।

अध्यक्ष ढकाल, राष्ट्रिय सहकारी महासंघका संचालक हुन् उनी यसअघिपनि संघको संचालक रहिसकेका छन् । वरिष्ठ उपाध्यक्ष गिरी राष्ट्रिय सहकारी बैंकका संचालक हुन् उनी यस अघिपनि संघको वरिष्ठ उपाध्यक्ष हुन् । त्यसैगरी उपाध्यक्ष पदका लागि दुर्गाप्रसाद सापकोटा र प्रेमकुमार कोइरालाको उमेदवारी रहेको छ । महिला उपाध्यक्ष पदका लागि  दुर्गा खतिवडा, चन्द्रकुमारी खड्का र चम्पादेवी खनाल सुवेदीले उमेदवारी दिएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदका लागि अर्जुन दंगाल, खडानन्द गुरागाई र भुपाल बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । खुल्ला सदस्यमा चारजना महिलासहित ७ जनाका लागि नारायणप्रसाद गौतम, ढुण्डीराज गुरागाईं, कृष्ण पौडेल, डम्बर बिमली र मोहन शिवाकोटी यसैगरी चन्द्रकला भण्डारी, विन्दाकुमारी थापा, चन्द्रकला अधिकारी, पुष्पा उप्रेती र गीता अधिकारीले उम्मेदवारी दिएका छन् ।

क्षेत्रीय सदस्यमा क्षेत्र नं २ का लागि केशव बस्नेत र ताराप्रसाद चापागाईंले र क्षेत्र नं ४ कालागि नारायणप्रसाद बजगाई र तिलकप्रसाद राजवंशीले उम्मेदवारी दिएका छन् । संघको लेखा सुपरीवेक्षण समिति सदस्य पदका लागि प्रेमसागर सापकोटा, राजेन्द्रप्रसाद रिजाल र सन्देश मल्लले उम्मेदवारी दिएका छन् ।



Leave a comment