काठमाडौं । मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले रत्नसुन्दर प्राकृतिक विपद कोष स्थापना गरेको छ । संसथाको एघारौँ वार्षिक साधारण सभामा रत्नसुन्दर प्राकृतिक विपद कोष स्थापना गरेको जनाएको छ । संस्थाका अध्यक्ष अनशन साखले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विश्वभर फैलिएको कोरोना भाइसरका कारण संस्थाको कारोबारमा केहि कमी आएतापनि समग्रमा संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको बताए । दीगो विकासका लागि आवश्यक योजना बनाई संस्था अघि बढेको र सदस्यहरुको हित कसरी गर्न सकिन्छ भन्नेमा नै आफूहरु केन्द्रित भएको उनले जनाए ।
संस्थाले आर्थिक वर्ष ०७६।०७७ को असार मसान्तसम्म २ करोड १८ लाख शेयरपूँजी, जगेडा तथा अन्य कोषहरुमा १ करोड ११ लाख, बचत संकलन १६ करोड २४ लाख गरी कुल कारोबार २० करोड ५ लाख पुगेको अध्यक्ष साखले बताए । संस्थाले त्यस अवधिमा ४७ लाख ७७ हजार सञ्चालन नाफा आर्जन गरेको छ । संस्थाले प्राकृतिक प्रकोपको अवस्थामा सदस्यहरुलाई सहयोग पुर्याउने उद्देश्यले रत्नसुन्दर प्राकृतिक विपद कोष स्थापना गरेको छ ।
संस्थाले लगानीलाई विविधिकरण गरी उत्पादनशील क्षेत्रमा बढिभन्दा बढि सदस्यहरुको माझ लगानी गर्ने लक्ष्य लिएको छ । लगानी गर्दा जोखिम कम भएको तथा लाभदायक र जनसहभागिता बढि हुने भएकाले उत्पादनशील क्षेत्रमा प्राथमिकता दिएको साखले जानकारी दिए । संस्थाले शेयरसदस्य वृद्धि गर्ने, सदस्यहरुलाई सहकारी शिक्षा तथा तालिम सञ्चालन गर्ने र सदस्य कल्याणकारी योजना लागु गर्ने योजना बनाएको छ । सभामा संस्थाका उपाध्यक्ष विष्णु श्रेष्ठले २०६६ सालमा स्थापना भएको संस्थाको उद्देश्य सुखी समृद्ध सदस्य रहेको बताउँदै एक दशकको अवधि सफलतापूर्वक पार गरेको उनले बताए ।
Leave a comment