इटहरी । जिल्ला बचत तथा ऋण सहकारी संघ सुनसरीको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ सञ्चालक अमृता सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष ०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघमा आवद्ध सहकारीहरुलाई लक्षित गरी विभिन्न तालिम तथा गोष्ठीहरु आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । ११ वटा संस्थाको सहभागितामा २०६४ सालमा दर्ता भएको संघमा हाल २ सय ८६ वटा बचत तथा ऋण सहकारीहरु आवद्ध भएको संघका कोषाध्यक्ष जीतेन्द्र बस्नेतले जानकारी दिए । सभामा नेफ्स्कूनका क्षेत्रीय प्रमुख सन्दिपराज ढकाल, संघका सल्लाहकार जगंवहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।
Leave a comment