ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघले सदस्य संस्थाहरुलाई पल्र्स सम्वन्धी दुईदिन तालिम प्रदान गरेकोे छ । माघ ४ र ५ गते सञ्चालन भएको तालिममा जिल्लाका २८ जनाको सहभागिता रहेको थियो । सहकारीको लेखा ब्यवस्थानका लागि आवश्यक पल्र्सका विभिन्न इन्डिकेटरहरुको अभ्यास गरि त्यसको आधारमा संस्थाको व्यवसायिक योजना तथा पोलिसि निर्माण गर्ने विषय समावेश गरिएको थियो ।
संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा पल्र्सलाई अनिवार्य लागु गरि सहि तरिकाबाट कार्यान्वयन गर्न सबै सहभागीहरुलाई सुझाव दिए । तालिममा शिक्षा तालिम उपसमिति संयोजक करुणारत्न बज्राचार्यले सहकारीहरुको व्यवस्थापनमा लेखापालन तथा पल्र्सको महत्वलाई सबैले अंगीकार गर्दै अन्र्तराष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्न सबैलाई आग्रह गरे ।
वचत ऋण सहकारीका संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको तालिमको प्रशिक्षक अनिलवीर बज्राचार्यले सहजीकरण गरेका थिए । तालिममा सहभागीहरुले तालिमबाट आफूले पल्स अनुसार हिसाब राख्न, संस्थाको व्यावसायिक योजना तथा पोलिसि निमार्ण गर्नको लागि सहयोगी भएको बताए ।
Leave a comment