झापा, मोरङ, इलाम, धनकुटा, तेह्रथुमका सहकारीले दूग्ध क्षेत्रमा उल्लेख्य काम गरेका छन् । दूध क्षेत्रमा काम गर्ने सबै सहकारी समेटेर पाउडर दूधसँगै विभिन्न परिकार उत्पादन गर्ने संघको योजना छ । संघ स्थापना गर्न संस्थाले एक लाखदेखि २० लाखसम्म शेयर लगानी गरेका छन् । संघमार्फत पाउडर दूध उत्पादन हुनुका साथै चकलेट बनाउन फ्याक्ट्रीसमेत स्थपना गर्ने, डेरी ह्वाइटनर, बेबी दूध, ल्याक्टोजीन बनाउन सकिने उप्रेतीको भनाइ छ । प्रदेश १ मा ६ हजार सहकारी छन् । त्यसमध्ये आधाभन्दा बढी उत्पादन क्षेत्रमा सक्रिय छन् ।
काठमाडौं । सहकारीहरु बचत तथा ऋणको कारोबारमा मात्र सिमित भएपछि सरकारले सहकारीको पूँजी उत्पादनमा लगाउन विष्टिकृत संघको अवधारणा ल्याएको छ ।
सरकारले कानुन नै बनाएर सहकारीमार्फत लगानीको सुनिश्चितता गर्न उत्पादन र बजारीकरणमा सहकारीको सहभागिता बढउन विशिष्टीकृत मोडल ल्याएको हो ।
सरकारले विशिष्टीकृत सहकारी संघ मोडेलमा व्यवसाय गर्ने अवसर दिएको छ । सहकारीलाई उत्पादन र बजारीकरणमा केन्द्रित गर्न ऐनमै विशिष्टकृत संघको अवधारणा ल्याइएको हो । ऐन र नियमावली पश्चात यस्तो मोडेलबाट कृषिमा लगानी आउने क्रम बढ्ने अपेक्षा गरिएको छ ।
सहकारी विभागका अनुसार देशभर करिब ३० हजार सहकारी छन् । सहकारीमार्फत १० खर्ब रकम परिचालन भएको छ । तर सहकारीमार्फत उत्पादन र बजारीकरणमा भएको लगानीको तथ्याङ्क छैन् । संख्यात्मकरुपमा कृषि सहकारी धेरै भएपनि बचत तथा ऋणमै केन्द्रित हुँदा उत्पादनमा सहकारीको योगदान बढ्न नसकेको हो । तर पछिल्लो समयमा विशिष्टीकृत मोडेलबाट कृषिमा सहकारीमार्फत ठूलो लगानी गर्ने उद्देश्यले उत्पादन सहकारी संघको स्थापना हुने क्रम वढेको छ ।
सदस्यले समेत सहकारीबाट ऋण लिएर कृषि उत्पादन तथा बजारीकरणमा खासै काम गर्न सकिरहेका छैनन् । कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान करिब ५ प्रतिशतको अनुमान मात्र गरिएको छ । त्यसो त गरिबी निवारण गर्न र रोजगारी सिर्जना गर्न सहकारीको योगदान उल्लेख्य हुनुपर्ने हो । तर त्यसो हुन सकिरहेको छैन् । गरिबी निवारणमा सहकारीको योगदान कति छ भन्ने विषयमा अझै अध्ययन हुन सकेको छैन । सहकारीमार्फत ८८ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको विभागको पछिल्लो तथ्यांक छ । सहकारीमार्फत ऋण लिएर कति उद्यमी भए भन्ने तथ्यांक छैन ।
संघ सञ्चालन गर्न सञ्चालक समिति र लेखा समितिको निर्वाचन हुने भएपनि उक्त संघको सहकारीका अन्य निकायमा भोटिङ अधिकार हुदैँन । संघ स्थापना गर्न संयुक्त शेयर पूँजी कम्तीमा १५ करोड, संस्थागत पूँजी तीन करोड, आवेदक संस्थाको शेयर पूँजी कम्तीमा एक करोड हुनुपर्ने र संस्था घाटामा नगएकोलगायतका मापदण्ड तोकिएको छ ।
विशिष्टीकृत सहकारी संघमार्फत सहकारीले तोकिएका जुनसुकै क्षेत्रमा लगानी गर्न पाउँछन् । पछिल्लो समयमा विशिष्टीकृत सहकारी संघ दर्ता हुने क्रम पनि बढ्दै गएको छ । कृषि मात्र नभई सहकारीहरु विशिष्टीकृत संघमार्फ हाउजिङ र शिक्षा क्षेत्रमा काम गर्नका लागि पनि हौसियका छन् । अहिले पनि काठमाडौं उपत्यकामा प्रायः सहकारीहरु घरजग्गा कारोबारमा संलग्न छन् । कतिपय सहकारी हाउजिङमै लगानी गरेका कारण धराशायी भइसकेका छन् ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले विशिष्टिकृत संघ स्थापनाले नयाँ आयामको सुरुवात भएको बताए । ‘कृषि उत्पादन र बजारीकरणमा यसबाट ठोसमूलक नतिजा निकाल्न सकिन्छ’ उनले भने,‘अब कृषि उत्पादन र बजारीकरणमा सहकारीको योगदान बढ्ने निश्चित छ ।’ ६७ प्रतिशत जनता कृषिमा आश्रित छन् । कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३७ प्रतिशत छ । तर कृषि तथा कृषिजन्य वस्तु २ खर्ब भन्दा बढीको आयात भइरहेको छ । आयात प्रतिष्थापन गर्नेगरी सहकारीले उत्पादन गर्न सक्ने भएपनि कृषिमा सहकारीको प्राथमिकता देखिदैँन ।
ऐन र नियमावलीमा विशिष्टिकृत मोडेलको अवधारणा ल्याएसँगै कृषिमा सहकारीको योगदान बढ्न सक्ने अर्थविद् ज्ञानेन्द्र अधिकारी बताउँछन् । सहकारीले सजिलो बाटो रोज्ने भएकाले कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन अझै समय लाग्न सक्ने उनको बुझाई छ । ‘पैसा किन्ने र बेच्नेमै सहकारीको प्राथमिकता पर्दैै आएको छ ।’,उनले भने,अब सहकारीले उत्पादन र बजारीकरणमा लगानी नगरी सुखै छैन ।’ कृषि सहकारी दर्ता भएपनि आधिकांशले बचत तथा ऋणकै काम गर्नु विडम्बना भएको अर्थविद् अधिकारी बताउँछन् । प्रायःजसो सबै सहकारी कृषिबाहेक अन्य क्षेत्रमा रमाउँदै आएकाले कृषिमा परनिर्भरता बढ्दै गएको उनको बुझाई छ ।
केही वर्षयता सहकारीमार्फत उत्पादन बढाउने उद्देश्यले आयात प्रतिष्थापनमा सहकारी तथा आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी भन्ने अभियान नै चलाइयो । तर त्यसअनुरुप पनि सहकारीले कृषि वस्तुको उत्पादन र बजारीकरणमा ठोस कार्ययोजना ल्याउन सकेको देखिदैँन ।
तरकारी उत्पादन हुने तर बजार नहुने समस्या अन्त्य गर्ने उद्देश्यले प्रदेश १ मा तरकारी तथा फलफूलको बजारीकरणका लागि विशिष्टिकृत संघ दर्ता भएकोे छ । उक्त संघका लागि प्रदेशले १८ करोड बजेट विनियोजन गरेको छ । ३० वटा सहकारीले १ करोड ३२ लाख लगानी गरेका छन् । अहिले सहकारी बजार नहुँदा किसानले उचित मूल्य नपाउने, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने एवम् विचौलियाबाट दुवै ठगिनुपर्ने अवस्था छ
आत्मनिर्भर नजिक दुग्ध संघ
सरकारले दूधमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । तर अझै आत्मर्निभर भइसकेको देखिदैन । दूधमा आत्मनिर्भर हुनुका साथै दूधबाट विभिन्न परिकार बनाएर विदेश निर्यात गर्न सकिन्छ । दूधबाट विभिन्न परिकार बनाउने उद्देश्यले प्रदेश १ र लुम्बिनी प्रदेशमा विशिष्टिकृत सहकारी संघमार्फत दूग्ध क्षेत्रमा ठूलो लगानी हुँदैछ ।
दूग्ध व्यवसाय गर्ने उद्देश्यका साथ प्रदेश १ मा सगरमाथा विशिष्टिकृत सहकारी संघ स्थापना भएको छ । दूग्ध प्रशोधन गर्ने, पाउडर दूध बनाउने, दूधजन्य परिकार बनाउने उद्देश्यका साथ नेपालमै पहिलोपटक विशिष्टिकृत सहकारी संघ स्थापना भएको हो । उपाध्यक्ष पोखरेलले पाउडर दूध कारखानामा अरु प्रदेशको उत्पादनपनि संकलन गरेर दूधबाट विभिन्न परिकार बनाउन सकिने बताउँछन् । पछिल्लो समयमा ती प्रदेशहरुमा व्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषक बढेका छन् । दूधमा ठूलो लगानी भएसँगै अब उत्पादित दूध बिक्री नहुने समस्या हट्ने आँकलन छ ।
यसका साथै दूधजन्य सामाग्री उत्पादन गरी सहकारीमार्फत अन्तरााष्ट्रिय बजारमा पुर्याइने उनको भनाइ छ । मिठाइ, चकलेट बनाउने, परिकारको विविधिकरण गर्ने संघको योजना छ । संघको तदर्थ समितिका सञ्चालक रामचन्द्र उप्रेतीले ३० करोड लागतमा कारखाना स्थापना हुन लागेको बताए । त्यसमा सहकारीको १० करोड र प्रदेश सरकारको २० करोड रहनेछ ।
प्रदेशका झापा, मोरङ, इलाम, धनकुटा, तेह्रथुमका सहकारीले दूग्ध क्षेत्रमा उल्लेख्य काम गरेका छन् । दूध क्षेत्रमा काम गर्ने सबै सहकारी समेटेर पाउडर दूधसँगै विभिन्न परिकार उत्पादन गर्ने संघको योजना छ । संघ स्थापना गर्न संस्थाले एक लाखदेखि २० लाखसम्म शेयर लगानी गरेका छन् । संघमार्फत पाउडर दूध उत्पादन हुनुका साथै चकलेट बनाउन फ्याक्ट्रीसमेत स्थपना गर्ने, डेरी ह्वाइटनर, बेबी दूध, ल्याक्टोजीन बनाउन सकिने उप्रेतीको भनाइ छ । प्रदेश १ मा ६ हजार सहकारी छन् । त्यसमध्ये आधाभन्दा बढी उत्पादन क्षेत्रमा सक्रिय छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा दूधजन्य कारोबार गर्ने उद्देश्यले लुम्बिनी विशिष्टिकृत सरकारी संघ स्थापना भएको छ । यहाँका १० जिल्ला कार्यक्षेत्र रहनेगरी विभिन्न प्रकृतिका ५१ प्रारम्भिक सहकारी संस्थाले लगानी गरेका छन् । तिलोत्तमाको शंकरपुरमा कार्यालय स्थापना भएको छ । संघका अध्यक्ष डा. खगराज शर्माले दुई वर्ष भित्रमा उत्पादन बजारमा ल्याउनेगरी काम भइरहेको बताए । ६० करोडको लगानीमा परियोजना बन्न लागेको हो । दूधका अन्य विभिन्न परिकार बनाउने गरी परियोजना अघि बढेको छ । लिजमा लिइएको जमिन व्यवस्थित गर्ने, परियोजनाको डिपिआर सहित अन्य आवश्यक अध्ययन प्रतिवेदन तयार गर्ने, आवश्यक कर्मचारी व्यवस्थापन गर्नेलगायतका काम भइरहेको बताए ।
तरकारी बजारमा पनि विशिष्टीकृत संघ
तरकारी उत्पादन हुने तर बजार नहुने समस्या अन्त्य गर्ने उद्देश्यले प्रदेश १ मा तरकारी तथा फलफूलको बजारीकरणका लागि विशिष्टिकृत संघ दर्ता भएकोे छ । उक्त संघका लागि प्रदेशले १८ करोड बजेट विनियोजन गरेको छ । ३० वटा सहकारीले १ करोड ३२ लाख लगानी गरेका छन् ।
अहिले सहकारी बजार नहुँदा किसानले उचित मूल्य नपाउने, उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने एवम् विचौलियाबाट दुवै ठगिनुपर्ने अवस्था छ । यस्थै बागमती प्रदेशमा विशिष्टीकृत थोक उपभोक्ता सहकारी संघ गठनको तयारी अघि बढेको छ । राष्ट्रिय सहकारी महासंघले तयारी समिति समेत गठन गरीे विशिष्टकृत थोक उपभोक्ता सहकारी संघ गठनको प्रक्रिया अघि बढाएको हो ।
Leave a comment