पोखरा । जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा सावित्रा कोइराला निर्वाचित भएकी छन् । पौष ३ गते शनिबार संघको ४७औं बार्षिक साधारण सभामा भएको मतदानले कोइरालालाई निर्वाचित गरेको हो ।
कोइरालासंगै अध्यक्ष पदकालागि बलराम गौतम र धर्मराज अर्यालको उमेदवारी परेको थियो । जम्मा ३२२ मत खसेकोमा कोइरालाले १९८ मत पाएकी छन् भने गौतमले ७८ र अर्यालले ३६ मत पाएका छन् १० मत बदर भएको छ । कोइराला नवसिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि रहेकी छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम, महासचिवमा दिपकराज बाँस्तोला, कोषाध्यक्षमा नबराज बराल निर्वाचित भएका छन् । विषयगत जिल्ला संघहरुको तर्फबाट कफि सहकारी संघका प्रतिनिधि रहेका आनन्द सुबेदी निबिैरोध निर्वाचित भएका हुन् ।
त्यस्तै राष्ट्रिय प्रतिनिधिमा दिपक प्रकाश आचार्य निर्वाचित भएका छन् । सोही संघकी पूर्व अध्यक्ष रहीसकेकी प्रदेश सांसद प्रभा कोइरालालाई पछि पार्दै आचार्य अत्याधिक मतले निर्वाचित भएका हुन् । आचार्यले २१४ मत प्राप्त गरेका छन् भने कोइरालाले ८६ मत प्राप्त गरेकी छन् । त्यसैगरी संचालक समितिमा खेमबहादुर गुरुङ निर्वाचित भएका छन् भने महिला सदस्यमा कौशिला गुरुङ, बिना लोहनि, मैना देवि रावत र चन्द्र कुमारी पराजुलि निर्वाचित भएका छन् ।
Leave a comment