मित्र मालश्री साकोसको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मित्र मालश्री साकोसको १२ औं वार्षिक साधारण सभा सम्पन्न :: Sahakari Akhabar

काठमाण्डौं । कुटुबहाल, चवहिलमा रहेका मित्र मालश्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले पुस २२ गते उद्घघाटन गरेर २६ गते साधारण सभा समापन गरेको हो ।

साधारण सभामा संचालक समितिको तर्फबाट संस्थाका अध्यक्ष रमेश रेग्मीले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले कोरोना भाईरस महामारीका बावजुद पनि संस्थको शेयर पुँजी २८ लाख रुपैयाँले वृद्धि भएर २ करोड ९४ लाख ३८ हजार ९ सय रुपैयाँ र निक्षेप संकलन १६ करोड ३४ लाख ८८ हजार ९ सय ६० रुपैयाँ कायम भएको जानकारी दिए । यसैगरी आर्थिक वर्षको अन्त्य सम्ममा संस्थाले १७ करोड १८ लाख ५६ हजार रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिए ।



Leave a comment