जनउत्थान साकोसद्धारा सदस्यलाई सम्मान 

जनउत्थान साकोसद्धारा सदस्यलाई सम्मान  :: Sahakari Akhabar

दोलखा, प्रविणकुमार खतिवडा । बैतेश्वर गाउँपालिका वडा न ३ यार्सामा रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले २०औ बार्षिक साधारणसभाको अवसरमा सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाले उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट दैनिक बचतकर्तालगायतको विधामा संस्थाका सदस्यहरुलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष अमृत शेर्पाको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका सचिब कर्ण दोर्जे शेर्पाले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष तेन्जिङ शेर्पाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुलपूँजी ८ करोड ३८ लाख ७ हजार ६ सय ५१ रुपैया, शेयर पूँजी ७१ लाख ६४ हजार ८ सय रुपैया, बचत ६ करोड १७ लाख ५१ हजार ३ सय ६५ रुपैया रहेको जानकारी गराए ।

उनले २ हजार ५ सय ७२ जना सदस्य र ५ जना कर्मचारी तथा मुख्य कार्यालय सहित २ वटा सेवाकेन्द्र रहेको जानकारी दिए । लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शेषनारायण दहालले प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला बचत संघ दोलखाका अध्यक्ष भुमिराज खड्का, जनमुखी साकोसका अध्यक्ष सिताराम दहाल, जनसचेतन साकोसका लेखा संयोजक मीन प्रसाद दहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



Leave a comment