ललितपुर । नवयुवा बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभाले अशोक महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रवि महर्जन, सचिवमा शान्त बज्राचार्य, कोषाध्यक्षमा नारायण महर्जन, सहसचिवमा सविना महर्जन र सदस्यहरुमा बिरेन्द्र डंगोल, रामकृष्ण महर्जन, विमला महर्जन र मणि महर्जन निर्विरोध चयन भएको संस्थाले जनाएको छ । त्यसैगरी लेखासमिति संयोजकमा नविना महर्जन तथा सदस्यहरुमा जीवन महर्जन र रत्नमैया महर्जन चयन भएका छन् ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष महर्जनले कोरोनाको प्रभाव सबै क्षेत्रमा परेकाले यसले आर्थिक तथा वित्तीय क्षेत्रमा पनि दीर्घकालिन प्रभाव पार्न सक्ने उनले बताए । सभामा संस्थाका सचिव शान्त बज्राचार्यले आव २०७६।०७७ को प्रगति प्रतिवेदन तथा आव २०७७।०७८ को भावी योजना, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थामा १९८२ जना सदस्यमार्फत २ करोड ९२ लाख ४१ हजार शेयरपूँजी, २६ करोड १९ लाख २५ हजार बचत संकलन र १९ करोड ८१ लाख ९२ हजार ऋण प्रवाह भएको उनले बताए । संस्थाले खुद मुनाफा ८० लाख ६१ हजार आर्जन गरेको र गत वर्षको नाफाबाट संस्थाले सदस्यहरुलाई ९.२४ प्रतिशत लाभांश प्रदान गर्ने जनाए ।
Leave a comment