बिर्तामोड । झापा जिल्ला सहकारी संघको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवि मल्ल रहेकी थिइन् । साधारणसभामा संघका अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा संघमा २०७७ असार मसान्तसम्ममा ५०७ संघसंस्था आवद्ध रहेको र शेयर पूँजी २ करोड ६८ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको उल्लेख गरे । संघमा हाल १९ करोड ६२ लाख ९ हजार २७ रुपैयाँ निक्षेप रहेको र कोष हिसाब ७ करोड ९५ लाख ९२ हजार ४५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
मल्लले नयाँ प्रविधिहरु सहकारीमा ल्याउन सके नेपालको अर्थतन्त्र मजबुत हुनुका साथै देश सम्वृद्धिको बाटो तर्फ लम्कने जिकिर गरिन् ।सो अवसरमा राष्ट्रिय सहकारी बैंकका लेखा संयोजक लक्ष्मी उप्रेती, नेफ्स्कुनका केन्द्रीय सदस्य घनश्याम अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए । संघका उपाध्यक्ष गीता कुंवरले स्वागत संघका सचिव युवराज ढकालले कार्यक्रम संचालन गरेका थिए ।
Leave a comment