जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा दिलिप शर्मा निर्विरोध निर्वाचित 

जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा दिलिप शर्मा निर्विरोध निर्वाचित  :: Sahakari Akhabar

 काभ्रे । जिल्ला सहकारी संघ काभ्रेको ३९औं साधारणसभाबाट दिलिप शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघको वार्षिक साधारणसभाले शर्माको नेतृत्व आगामी ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा अमन पोटे, उपाध्यक्ष महिलामा कमला अधिकारी र कोषाध्यक्षमा राजन शाक्य निर्वाचित भएका हुन् । त्यसैगरी संघको सदस्यहरुमा यदुनाथ हुमागाईं, सुदर्शन अधिकारी, ठाकुरनाथ अधिकारी, राधिका दाहाल घिमिरे, मञ्जु घिमिरे, दिपक थापा, अर्जुन प्रसाद सापकोटा, कमल प्रसाद कुइंकेल, शान्ति लामा तामाङ र हिमाली श्रेष्ठ चयन भएका छन् । त्यसैगरी संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा शम्भुलाल श्रेष्ठ र सदस्यहरुमा सरस्वती चिमौरिया र गणेशप्रसाद भट्टराई चयन भएका छन् ।

संघका नवनिर्वाचित अध्यक्ष दिलिप शर्माले सबैको सहमतिमा साझा टिम बनेको र एकताकै आधारमा काभ्रेको सहकारी अभियानलाई मुलुकभर चिनाउने प्रतिवद्धता जनाए । शहरकेन्द्रित सहकारी अभियानलाई गाउँसम्म लैजानका निम्ति १३ वटै पालिकाहरुमा समन्वय र सम्पर्क बढाई काम गर्ने उनले बताए । जिल्लामा रहेका १४९५ संस्थालाई नै संघमा आवद्ध गराउन पहल गर्ने र सहकारी क्षेत्रका चुनौतिहरुको सामना गर्दै मर्यादित, व्यवस्थित र सदस्यकेन्द्रित बनाउन आफू र आफ्नो टिम लागिपर्ने बताए ।



Leave a comment