हाइलाइट

लुम्विनी प्रदेशका सबै जिल्लामा सहकारी बजार शुरु गर्ने

लुम्विनी प्रदेशका सबै जिल्लामा सहकारी बजार शुरु गर्ने :: Sahakari Akhabar

दाङ । लुम्विनी प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशका सबै जिल्लामा सहकारी बजार शुरु गर्ने बताइएकी छन् । उनले किसानको उत्पादनले बजार नपाएको तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसको अन्त्यका लागि प्रदेशका सवै जिल्लामा सहकारी बजार शुरु गर्ने गरी प्रदेश सरकारले काम अघी बढाएकोबताइन् । कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर लुम्विनी प्रदेशमा कार्यक्रम शुरु भएको उनले बताइन् ।

दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाको छैटौं  बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उदघाटन गर्दै उनले स्थानीय उत्पादनमा बृद्धि गरी बजारीकरणका लागि लुम्विनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापना गर्ने गरी काम अघी बढेको बताइन् । मन्त्री पौडेलले स्थानीय उत्पादनको बृद्धि गरी त्यसको बजारीकरणका लागि प्रदेशका सवै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने बताइन् । सरकारले दिने गरेको अनुदानलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनमा आधारित अनुदान दिन थालिएको र मह उत्पादन गर्ने किसान र खसी पालन गर्ने किसानहरुलाई प्रति किलो २५ रुपैयाका दरले अनुदान दिन थालनी गरिएको बताइन् ।

सहकारीका माध्यमबाट नेपालमा धेरै काम गर्न सकिने चर्चा गर्दै मन्त्री पौडेलले अहिलेपनि सहकारीहरु आफ्नो उद्देश्य अनुसारको काम नगरेको गुनासो गरिन् । संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले प्रदेश सरकारको पुरक अनुदानमा दाङको घोराहीमा सहकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिए । सहकारी संस्था बहुउद्धेश्यीय सहकारी संस्था भएको र यसले आफ्नो विनियमको अधिनमा रहि विभिन्न खालका परियोजनाहरु संचालन गर्ने उद्धेश्यअनुरुप संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार लगाएत सम्बन्धित अन्य सरकारी, गैरसरकारी वा वित्तिय संघसंस्थाहरुको समन्वय र सहकार्यमा परियोजनाहरु संचालन गर्ने बताए ।

नयाँ कार्यसमिति गठन
साधारण सभाले आगामी चार बर्षका लागि ध्रुवराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ संचालक समिति चयन गरिएको छ । नवगठित संचालक समितिको उपाध्याक्षमा सालिकराम खनाल, सचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा गुरु प्रसाद खनाल रहेकाछन् । सदस्यहरुमा दिनेश गौतम, रश्मी पाण्डे धिताल, शिबराज खनाल, युबराज थपलीया र युमाया अधिकारी चयन भएका छन् । यसैगरी  साधारणसभाले लेखा सुपरीवेक्षण समितिको संयोजक खिमराज खनाल र सदस्यहरुमा शशिधर पौडेल र सम्झना भुषाललाई निर्वाचित गरेको छ । 



Leave a comment