हाइलाइट

तरलता ब्यवस्थापनमा केन्द्रीय बहुउद्देश्यीय संघले साथ दिने

तरलता ब्यवस्थापनमा केन्द्रीय बहुउद्देश्यीय संघले साथ दिने :: Sahakari Akhabar

ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९को कारण भर्चुअल रुपमा सम्पन्न बैठकमा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरुमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालिन समस्यालाई मध्यनजर गदै आफ्ना सदस्य संघ संस्थाहरुको तरलता अभावको समस्यालाई समाधान गर्ने उद्धेश्यले तरलता व्यवस्थापन कोष संचालन कार्यविधि २०७७ लागु गरेको बताए ।

उनले संघले बहुउद्देश्यीय सहकारीहरुको उन्नयनको लागि थप कार्ययोजना ल्याउने तयारी भैरहेको जानकारी दिए । साधारणसभामा अल्पकालिन र दिर्घकालिन कार्ययोजनाबारे जानकारी गराउदै उनले सम्पत्ती शुद्धिकरण निवारण, सहकारी र गरिबी निवारण सम्बन्धि सूचना प्रणाली, अन्तराष्ट्रिय सम्बन्ध बिस्तार, सहकारी सदस्यता तालिम सञ्चालन गरिरहेको जानकारी गराए ।

पछिल्लो समय मुलुकमा भैरहेको आर्थिक तरलतालाई सम्बोधन गर्न संघले नयाँ योजना ल्याउने तयारी भैरहेको बताए ।  देशभर रहेका बहुउद्देश्यीय सहकारी संस्थालाई सबल बनाउन संघले बर्षभरी विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।  संघमा ३ सय ३९ संघ संस्था आबद्ध रहेका र ४१ जिल्ला समेटेको साधारणसभामा जानकारी दिइयो । अध्यक्ष भण्डारीले संघले ४ वर्षे रणनीतिक योजना अन्तर्गत तय गरेका लक्ष कार्यान्वयन गर्न ५ वर्षे  व्यवसायिक योजना २०७७–२०८१ तयार गरेको जानकारी दिए ।

कार्यक्रममा  संघका संचालक समिति  उपाध्यक्ष नारायणभक्त श्रेष्ठले साधारण सभाले गरेका योजनालाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । साधारणसभामा राष्ट्रिय सहकारी बिकास बोर्डको सञ्चालक समिति सदस्य पदमा मनोनयन भएका संघका अध्यक्ष भण्डारीलाई प्रसंसापत्र सहित सम्मान गरिएको थियो ।

साधारणसभामा संघका सचिव माधवप्रसाद तिमल्सिना र सदस्य मनोजकुमार थापामगरले मन्तब्य राखेका थिए । कार्यक्रममा आब ०७७/०७८ को वार्षिक कार्यक्रम तथा बजेट, तरलता व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी आन्तरिक नीति तथा कार्यविधि, संघको ऋण र कर्जा लगानी तथा असुली सम्बन्धी विनियमावलीे संशोधित मस्यौदा पारित गरेको थियो ।



Leave a comment