हाइलाइट

देवदर्शन साकोसमा नयाँ संचालक समिति

देवदर्शन साकोसमा नयाँ संचालक समिति :: Sahakari Akhabar

काठमाडौं । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभाले राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून)का अध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सभाले संस्थाको उपाध्यक्षमा बेलीमैया घले, सचिवमा राम तामाङ, कोषाध्यक्षमा राजु कार्कीलाई चयन गरेको हो । त्यसैगरी सञ्चालक समिति सदस्यमा तिर्थ लामा, लक्ष्मण बलामी, नानु पण्डित थापा रहेका छन् । सभाले लेखा सुपरीवेक्षण समिति संयोजकमा बिमल बिक्रम बानियाँ तथा सदस्यहरुमा बसन्त महर्जन र माधव रेग्मीलाई चयन गरेको हो ।

कोरोना भाइरस संक्रमणको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले २०७७पौष १९ गते बाट शुरु गरी पौष २६ गते सीमित सदस्यहरुको उपस्थितिथमा सभा सम्पन्न गरेको जनाएको छ । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक तथा आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको थियो ।



Leave a comment