हाइलाइट

सहयोगी बहुउद्देश्यीय सहकारीले ९ प्रतिशत लाभांश वितरण गर्ने

सहयोगी बहुउद्देश्यीय सहकारीले ९ प्रतिशत लाभांश वितरण गर्ने :: Sahakari Akhabar

ललितपुर । महालक्ष्मी नगरपालिकाको लुभुमा रहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले पौष १० गते देखि शुरु गरेर पौष २५ गते समापन सभा गरेको हो । सभामा अध्यक्ष नारायणभक्त श्रेष्ठले सहकारी ऐन २०७४ ले एक स्थानीय तहमा उस्तै प्रकृतिको एउटा मात्र संस्थामा सदस्य बन्न पाउने प्रावधान रहेकाले सोही अनुसार सहयोगी सहकारीले आत्मसाथ गर्न आग्रह गरे ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र रहेका गुठी, मठमन्दिर, कुल देवता, बाजागाजा र सँस्कृतिको संरक्षण गर्दै आएको र आगामी माघबाट सहयोगी ज्येष्ठ नागरिक गृह समेत सञ्चालनमा ल्याउने उनले जानकारी दिए । संस्थाका सचिव अनिल श्रेष्ठले प्रगति प्रतिवेदन भावी नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए ।

संस्थाले वेस्ट विङ्ग मावि सञ्चालन गरी सदस्यका छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिँदै आएको, सहयोगी सुपथ पसलमार्फत सदस्यहरुलाई सहुलियत दरमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउँदै आएको र सदस्यहरुको मृत्यु हुँदा आश्रित परिवारलाई काजक्रिया खर्च उपलब्ध गराउने गरेको उनले बताए । त्यसैगरी ज्येष्ठ सदस्यहरुलाई आर्थिक सहयोग एवं विभिन्न धार्मिक स्थलहरुको अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु गर्दै आएको उनले जनाए ।

संस्थाका कोषाध्यक्ष नवीन श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आव२०७६।७७ को असार मसान्तसम्म शेयर पूँजी ९ करोड १ लाख ९८ हजार, बचत संकलन ६० करोड २६ लाख र ऋण लगानी ७१ करोड ४३ लाख रहेको बताए । संस्थाले खुद बचत २ करोड ३४ लाख ३१ हजार गरेको र सो नाफाबाट सदस्यहरुलाई ९ प्रतिशत लाभांश वितरण गरिने उनले जनाए ।



Leave a comment