दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको २७ औं एवं एकीकरण पछिको प्रथम तथा संयुक्त साधारणसभा सम्पन्न भएको छ ।
अध्यक्ष नारायण बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का, जिल्ला सहकारी संघ दोलखाका लेखा सुपरिवेक्षण समितिका संयोजक रत्नबहादुर श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका श्याम प्रसाद दाहाल लगाएतको सहभागीता रहेको थियो ।
संस्थाले २०७७ साल पौष २ गते जिल्लाका बिभिन्न संचार माध्याम मार्फत बार्षिक प्रतिवेदन बाचनको प्रत्येक्ष प्रसारण गरेको थियो । सोही दिनदेखि संस्थाको वेभसाइडमा बार्षिक प्रतिवेदन राखेको जनाएको छ । त्यसैगरी सदस्यहरुलाई बार्षिक प्रतिवेदन बितरण र उपस्थिति हुन् बिभिन्न ६० स्थानमा केन्द्र ब्यवस्थापन गरीएको संस्थाले जानकारी दिएको छ ।
संस्थाले ७ दिन सम्म सदस्यबाट सुझाव संकलन गरी पौष २७ गते समापन सभा सम्पन्न गरेको हो । संस्थाको २८ औं स्थापना एवं कारोवार दिवसको अवसरमा घोषणा गरेको बिभिन्न ३० बिधाको सम्मान तथा पुरस्कार साधारण सभामा बितरण गरेको छ ।
Leave a comment