बागलुङ । शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाको ९औं वार्षिक साधारण सभाले दिनेश अधिकारी अध्यक्ष रहेको १३ सदस्यीय सञ्चालक समिति र दयाराम रेग्मी संयोजक रहेको ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा महेन्द्र बहादुर कार्की, सचिव होमनाथ गौतम, सहसचिव शान्ति भण्डारी र कोषाध्यक्षमा बालकृष्ण सापकोटाचयन गरेको छ । त्यसैगरी समितिका सदस्यहरुमा फडिन्द्र आचार्य, नेत्रराज सिलवाल, डिल्लीराज उपाध्याय, चित्र बहादुर केसी, कृपा पौडेल, भूमिराज गौतम, गंगा कुमारी शर्मा र सन्तोष पौडेल चयन भएका छन् । सभाले लेखा समितिको सदस्यहरुमा इन्द्रा खड्का र शान्तमणी ढकाल चयन गरेको छ ।
साधारण सभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य टेकनाथ आचार्य र मिन बहादुर थापालाई सम्मान गरिएको थियो । त्यसैगरी शिक्षक सेवा आयोगद्वारा सञ्चालित परिक्षामा सहभागी भएर स्थायी भएका संस्थाका शेयर सदस्यहरु शान्ति देवी शर्मा, राजेन्द्र प्रसाद आचार्य, चित्र बहादुर कार्की, विष्णु कुमारी शर्मा, कौशिला सुवेदी शर्मा, मञ्जु थापा, गणेश थापा, उमादेवी शर्मा, सिता गौतम, गणेश थापा, उमा कुमारी सुवेदी, सुरेश सुनार र राजु हमाललाई सम्मान गरिएको थियो ।
४ सय ४० जना शेयर सदस्य रहेको संस्थामा आर्थिक वर्ष २०७६÷०७७ मा ९१ लाख २९ हजार ५ सय रुपैयाँ शेयर पूँजी, ८८ लाख ६२ हजार ६ सय ५६ निक्षेप संकलन, ९९ लाख ९८ हजार ९ सय ४६ रुपैयाँ बचत फिर्ता र १ करोड १७ लाख ५८ हजार ७ सय ७८ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका सचिव होमथान गौतमले जानकारी दिए ।
संस्थाका अध्यक्ष दिनेश अधिकारीको सभापतित्वमा सम्पन्न सभामा जिल्ला सहकारी संघ राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी, बागलुङका अध्यक्ष दिपक गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य टिकाराम सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका अध्यक्ष गोविन्द भण्डारी, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्रदेश उपाध्यक्ष गंगा कुमारी शर्मा र नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङका नगर कमिटि अध्यक्ष थानेन्द्र प्रसाद गौतम लगायतले शुभकामना मन्तव्यराखेका थिए ।
Leave a comment