काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाले नयाँ संचालक समिति चयन गरेको छ । शनिवार सम्पन्न साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन गरेको हो । नव निर्वाचित सञ्चालक समितिको अध्यक्ष योगेन्द्रकुमार कुँवर, उपाध्यक्ष सूर्यनारायण मानन्धर, सचिव अच्युतकुमार कार्की, सह–सचिव शरद कुँवर, कोषाध्यक्ष मिना कुमारी पाठकलाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा लक्ष्मी बहादुर महर्जन, दिलकुमारी महर्जन, गोविन्द बस्नेत, लक्ष्मी महर्जन, रबिना महर्जन र सुवास श्रेष्ठ चयन भएका छन् । सभाले लेखा सुपरिवेक्षण समितिमा संयोजक भानु प्रकाश ढकाल, सदस्यहरुमा इन्द्रबहादुर महर्जन र सुष्मा कुँवरलाई चयन गरेको हो ।
१४ गतेबाट सुरु भएको साधारण सभा २५ गते प्रमाणिकरण सभा गरी २ चरणमा सम्पन्न भएको हो । पौष २४ गतेसम्म दैनिक उपस्थिति दर्ता गर्न सकिने गरी ब्यवस्था गरिएको र सदस्यलाई प्रतिवेदन वितरण र सुझाव संकलन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जनाकारी दिए । निर्वाचन उप समितिका संयोजक पूर्व प्रशासक केशवबहादुर थापाले नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
संस्थाको पछिल्लो प्रतिवेदन अनुसार १२,३१२ जना शेयर सदस्य र २ अर्ब ३० करोड कुल सम्पत्ति रहेको जनाएको छ । चन्द्रागिरि एम सर्भिस, स्मार्ट बैंकिङ सेवा र एटिएम सेवाको साथै विभिन्न सदस्य सुरक्षाको सेवाहरु प्रदान गर्दै आईरहेको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शिवशंकर मानन्धरको सभापतित्वमा सम्पन्न सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी विशिष्ट अतिथि रहेका थिए ।
Leave a comment