हाइलाइट

जनसचेतन साकोसमा नयाँ संचालक समिति चयन

जनसचेतन साकोसमा नयाँ संचालक समिति चयन :: Sahakari Akhabar

प्रविणकुमार खतिवडा, दोलखा मैनापोखरीमा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारणसभाले नयाँ संचालक समिति चयन गरेको छ । सभाले हेमन्त चौलागाईको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा गोपालध्वज श्रेष्ठ, महिला उपाध्यक्षमा स्वंस्थानी कुंवर, सचिबमा कमलबहादुर दहाल, सहसचिवमा शिवराम ढकाल र कोषाध्यक्षमा भरत केसी चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा शरदचन्द्र सापकोटा, शेरबहादुर भुजेल चयन भएका छन् । सभाले मिनप्रसाद दहालको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । संस्थाका अध्यक्ष भिमप्रसाद दहालको अध्यक्षता तथा वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाको प्रमुख आतिथ्यतामा सम्पन्नसभामा संस्थाको आर्थिक वर्ष ०७६÷०७७को बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । संस्थाले विभिन्न २४ प्रकारको बचत सेवाहरु र १४ प्रकारमा ऋण सेवा प्रदान गरेको जनाइएको छ ।

संस्थाले निशुल्क एबिबिएस सेवा, मोबाईल बैंकिङ, सदस्य सुरक्षा कोष, मनि ट्रान्सर्फर, ईलेक्टोनिक्स पेमेन्ट, लघुवित्त सेवा, छात्रवृत्ति, स्वास्थ उपचार, किरिया खर्च, आजिवन साहारा भत्ता लगाएत १३ प्रकारका विभिन्न गैरवित्तिय सेवाहरु प्रदान गर्दै आएको सभामा जानकारी यराइएको छ । दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा हाल २८ हजार ६ सय ७७ जना सदस्य रहेका छन भने ४७ जना कर्मचारी तथा १४ वटा सेवाकेन्द्र रहेका छन् ।



Leave a comment