हाइलाइट

महिला जनचेतना साकोसको साधारणसभा समापन

महिला जनचेतना साकोसको साधारणसभा समापन :: Sahakari Akhabar

मकवानपुर । हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा समापन भएको छ । गत १८ गतेदेखि सुरु गरिएको टोल स्तरीय भेला आज समापन गरिएको हो । संस्थाका अध्यक्ष कुमारी श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका उपमेयर मिना लामाको प्रमुखअतिथ्यता रहेको थियो ।

सभामा जेष्ठ शेयर सदस्य ठुलीकान्छी थिङ र ठुलीमाया सिंतानलाई सम्मान गरिएको थियो । यसैगरी खुत्रुके बचत तर्फ युरिसा डंगोल, रिहाना स्याङतान, दैनिक बचततर्फ नविना घलान, सुन्तली माया स्याङतान, ऐच्छिक बचततर्फ सावित्री धिमाल, बिना बल, शेयर खरिदतर्फ डोलकुमारी ढुङ्गाना, उत्कृष्ट ऋण कारोबार गर्नेतर्फ मेनुका स्याङ्बो, रुपा उप्रेती, अम्मीमाया घलान, सुनिता तिमल्सिना, विमला घलान, उर्मिला भण्डारी, दिलु पाख्रिन, आशा माया घलान, शान्ति लामा, सानुकान्छी थिङलाई सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट समुहतर्फ कालीमाई महिला समुह, संचालक समितितर्फ सदस्य रऋण संयोजक ज्योती माया डोल्मा देवी लक्ष्मी मुक्तान ९लो०, कर्मचारीतर्फ लक्ष्मी थिङ र पार्वती मुक्तान, लेखा संयोजक तथा निवर्तमान अध्यक्ष मञ्जु कुमारी थिङलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष महारत्न लामा, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला सहकारी संघका उपाध्यक्ष मेनुका दाहाल, नेफ्स्कुन फिल्ड कार्यालय मकवानपुरका ईन्र्चाज ज्योती महत, महिला जनशक्ती साकोसका उपाध्यक्ष मिना अधिकारी, मञ्जुश्री साकोसका अध्यक्ष चन्द्रमाया तामाङ, भुटनदेवी महिला साकोसका अध्यक्ष चमेलीमाया सिंजाली, साविक चुरियामाई गाविस अध्यक्ष प्रेम भोम्जन, उपाध्यक्ष जानुका दुवाडी लगायतले आफ्नो भनाइ राखेका थिए । २ करोड १४ लाख ९२ हजार ७ सय शेयर पुँजी रहेको सहकारीले आफ्ना शेयर सदस्यलाई १९ करोड २३ लाख ९४ हजार ऋण लगानी गरेको छ ।

महिला जनचेतना साकोसमा दुवाडीको नेतृत्व 
हेटौंडा उपमहानगर वडा नम्बर १५ रातोमाटेमा रहेको महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा तथा ८ औं निर्वाचन वर्षबाट संस्थाको अध्यक्षमा जानुका दुवाडी चयन भएकी छिन् । शुक्रबार साधारण सभा समापन गर्दै दुवाडीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा ज्योती माया डोल्मा देवी लक्ष्मी मुक्तान ९लो०, सचिवमा कृष्णमाया तितुङ चयन भएकी छिन् । त्यस्तै, सदस्यहरुमा सम्झौता विक, ठुलीमाया मुक्तान, रञ्जिता गोले, रविना प्रजा, सञ्चमाया स्याङतान,सरिता सिंतान, सुष्मा स्याङतान रहेका छन् । सभाले लेखा समिति संयोजकमा सुकुमाया गोले, मनिषा सिंजाली मगर र सुभद्रा तामाङ चयन भएका छन् ।



Leave a comment