सहकारी अभियानको भूमिका
- गोपीनाथ मैनाली
सचिवः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
1 जलवायु परिवर्तनको परिमाण, घनत्व, आयतन र प्रभावस्तर फरक भएपनि कुनै पनि मुलुक र समुदाय यसको असरबाट मुक्त छैन ।
2 नीति, प्रविधि, लगानी र नियमनले मात्र जलवायुमैत्री समुदाय निर्माण गर्न सकिदैन । सामाजिक संस्था र सामाजिक परिचालनको भूमिका महत्वपूर्ण हुन्छ ।
3 सहकारीहरु स्थानीय ज्ञानका पहिला संस्था हुन्, समुदायसंग नजिक मात्र होइनन्, समुदायकै अभियान भएकाले समुदायमा पर्ने असरसंग जानकार रहन्छ ।
4 सहकारीमा सदस्यको क्षमतागत विविधता रहन्छ । जसलाई उपयोग गरेर उनीहरुकै हित गर्न सकिन्छ ।
5 जलवायु परिर्वनमैत्री (Resilient) समाज निर्माणका लागि न्यूनीकरण, अनुकूलन र क्षमता विकासमध्ये नेपाल जस्ता मुलुकमा पछिल्ला दुईको महत्व बढी छ ।
6 यस्ता कार्यहरु स्थानीय संलग्नतामा (Top Down approach)मा चाहिन्छ । सहकारी त्यसका संवाहक हुन् ।
7 जलवायु परिवर्तन कार्यसूची निर्माण र वार्ता मञ्चका रुपमा सहकारी ।
8 समुदायमा आधारित अनुकूलनको अगुवाई गर्न सक्छ ।
9 सहकारीले स्थानीय सरोकारको भावनालाई परिचालन गर्नसक्छ ।
10 सरकारी संरचना र सदस्य सरोकारको पुल बन्न सक्छ ।
11 जलवायु सचेतना विस्तार गर्न सक्छ ।
12 जोखिम चित्रांकन (Risk mapping) गर्न र त्यसलाई संवोधन गर्ने रणनीति बनाउन सक्छ ।
13 जलवायु नियमन खाका कार्यान्वयनमा सहयोग गर्न सक्छ ।
14 स्थानीय अनुकूलन योजना सञ्चालन गर्नसक्छ । जस्तो कि (Ecosystem service management)
15 जलवायु परिवर्तनको Smart response गर्नसक्छ ।
16 सहकारी दक्षता बढाउन सक्छ ।
17 Multi-tiers-multi-stakeholders institutional framework बनाउन सक्छ ।
18 सर्वोच्च अदालतको २०७५ पौष १० को आदेश कार्यान्वयनमा सहयोगी ।
19 सहकारी संलग्न हुनसक्ने अनुकूलनका प्रत्यक्ष क्षेत्रगत कार्यक्रमहरु
20 कृषि तथा खेती व्यवस्थापन ।
21 बन व्यवस्थापन ।
22 जलाधार संरक्षण ।
23 बैकल्पिक उर्जा ।
24 पर्यावरण व्यवस्थापन ।
25 यी सवै क्षेत्र न्यून कार्वन उत्सर्जनका क्षेत्र हुन् ।
26 यी क्षेत्रहरुमा संलग्न रहने सहकारीले जलवायु वित्त परिचालनमा पहूच पाउनु पर्छ ।
27 जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरुको स्थानीयकरण गर्ने सामथ्र्य सहकारीसंग छ ।
(सचिव: मैनालीले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट सम्पादित गरिएको )
Leave a comment