हाइलाइट

दश करोडमाथि निक्षेप भएका सहकारीले अनिवार्य बिबरण बुझाउनु पर्ने

दश करोडमाथि निक्षेप भएका सहकारीले अनिवार्य बिबरण बुझाउनु पर्ने :: Sahakari Akhabar

काठमाडौं । दश करोड माथि निक्षेप कारोबार वा पूँजी भएका सहकारीले अनिवार्य रुपमा सम्पत्ती सुद्धिकरण निवारण बिबरण बुझाउनु पर्ने भएको छ । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुले ०७८ को साउनदेखि लागु हुनेगरी कार्यान्वयन गर्न सबै सहकारी संस्थाहरुलाई सहकारी विभागले परिपत्र गरेको छ ।

सम्पत्ती सुद्धिकरण तथा आतंकबादी कृयाकलापमा वित्तिय लगानी सम्वन्धमा राष्ट्रिय रणनिति तथा कार्ययोजना कार्यान्वयनकोलागि देशभरिका बचत तथा ऋणको काम गर्ने सहकारी संस्थाहरुले ‘गो एमएल सफ्टवयर सिस्टम’ मार्फत नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी ईकाइमा बिबरण पठाउनु पर्ने उल्लेख छ ।

१० करोड भन्दा माथिको पूँजी वा निक्षेप भएका बचत तथा ऋणको कारेबार गर्ने सबै सहकारी संस्थाहरुले शंकास्पद कारोबार प्रतिबेदन, सीमा कारोबार प्रतिबेदन, संस्थाको कारोबार बिबरण, सम्पत्ती सुद्धिकरण निवारण कार्यान्यन अधिकारीको जानकारी समेत पठाउन विभागले सूचना जारी गरेको हो ।

परिपत्रमा सहकारी विभागले सम्पत्ती सुद्धिकरण तथा आतंकबादी कृयाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी राष्ट्रिय रणनिति तथा कार्ययोजना (२०७६–२०८१) को उद्देश्य ६.३.४ को कार्यान्वयनकोलागि २०७८ साउनदेखि १० करोड भन्दा बढी निक्षेप वा पूँजी भएका बचत तथा ऋणको कारोबार गर्ने देशभरिका सहकारी संस्थाहरुले ‘गो एमएल सफ्टवयर सिस्टम’ मार्फत नेपाल राष्ट्र बैंकको वित्तिय जानकारी ईकाइमा रिपोर्टिङ गर्नुपर्ने उल्लेख गरेको छ ।



Leave a comment