हाइलाइट

प्रगति महिला उत्थान साकोसद्धारा ७ करोड लगानी

प्रगति महिला उत्थान साकोसद्धारा ७ करोड लगानी :: Sahakari Akhabar

काठमाडौं । बालाजुमा रहेको प्रगति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाले १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले सदस्यहरुको सहजतालाई मध्यनजर गरी उपस्थितिका लागि ३ दिन समय दिएको थियो । सभामा संस्थाकी अध्यक्ष धनकुमारी श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा संस्थाकी कोषाध्यक्ष सिर्जना दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था नीति, विधि र प्रविधिलाई आत्मसात गर्दै अघि बढेको र संस्थालाई अझ माथि पुयाउन सदस्यहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।

संस्थामा गएको असार मसान्तसम्म ९४५ शेयरसदस्य, १ करोड ९ लाख ३९ हजार शेयरपूँजी, बचत ६ करोड ८३ लाख ६० हजार र ऋण लगानी ६ करोड ९९ लाख ८६ हजार रहेको उनले बताइन् । संस्थाको जगेडा तथा अन्य कोषमा ४४ लाख ४२ हजार रकम रहेको छ ।संस्थाकी सचिव पार्वती कार्कीले सहकारी मूल्य मान्यतालाई आत्मसात गर्दै, विभिन्न क्षेत्रमा बसोबास गर्ने महिला दिदीबहिनीहरुलाई ससाना समुहमार्फत एकिकृत गरी वित्तीय तथा अन्य गतिविधि गर्दै आएको बताइन् ।

संस्थाले कोरोनाबाट प्रभावित निम्न आय भएका दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने शेयरसदस्यहरुलाई विभिन्न संघसंस्थासँग समन्वय गरी खाद्यान्न सामग्री उपलब्ध गराएको बताइन् । संस्थाले यस आ।व।मा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य परामर्श शिविर एवं सञ्चालक समितिको क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने उनले जनाइन् ।



Leave a comment