दोलखा । जिल्ला सहकारी संघ दोलखाको तामाकोशी गाउँपालिकामा इकाई साधारण सभा सम्पन्न भएको छ । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा तामाकोशी गाउँपालिका भित्रका ३१ ओटा सहकारीहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
जिल्ला सहकारी संघको पन्ध्रौं बार्षिक साधारण सभा पुस २० गतेबाट उत्घाटन भई विभिन्न क्षेत्रगत रुपमा संचालन हुदै पुस २९ गते समापन हुने छ । संघका उपाध्यक्ष देवि प्रसाद शर्माको अध्यक्षतामा भएको सभामा जिल्ला सहकारी संघको प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाको छलफल गरिएको थियो ।
Leave a comment